दि एशिया फाउण्डेशनले कोरोना भाईरस (कोभिड–१९) को विषयमा समय समयमा तपाईहरुलाई पठाई रहेका इमेलबाट सम्बन्धित सूचना प्रवाहित भइरहेको यहाँमा अवगतै छ । यस अवस्थामा हामी विश्वभर तिव्रतररुपमा फैली रहेको कोरोना भाईरसबाट सिर्जित प्रभावलाई नजिकबाट नियाल्नुका साथै निरन्तर अनुगमन गरी नै रहेका छौं । फाउण्डेशनले नेपाल सरकारको निर्देशन, सानफ्रान्सिस्को स्थित फाउण्डेशनको प्रधान कार्यालय र स्थानीय स्वास्थ्य संस्थाहरुसँगको समन्वय र निर्देशन बमोजिम फाउण्डेसनका कर्मचारी साझेदार निकाय र सरोकारवालाहरुको समग्र स्वास्थ सुरक्षा र हितका लागि हामीसंग उपलब्ध स्रोत साधन र योजनाहरुको सही सदुपयोग गर्न उद्धत रहेका छौं ।
नेपाल सरकारबाट जारी “लकडाउन”का कारण उत्पन्न बदलिदो परिस्थितिमा हाम्रो कार्यप्रणालीमा गर्नुपरेको परिवर्तन र यसबाट तपाईहरुको कार्यमा समेत पर्नसक्ने प्रभावका बारेमा थप स्पष्ट पार्न यो जानकारी प्रदान गरिएको छ । हामी दोहो¥याएर भन्न चाहन्छौं कि यस बिषम परिस्थितिमा तपाईको स्वास्थ्य र सुरक्षा नै हाम्रो पहिलो चासो र सरोकार रहेको छ ।
नेपाल सरकारको ‘लकडाउन’ गर्ने निर्णय बमोजिम फाउण्डेशन यहाँहरुसँग पुनः अनुरोध गर्दछ कि तपाईहरु पर्याप्त सावधानी अपनाउनुहोला । यो अवधीमा अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम अत्यावश्यक सेवा बाहेक अन्य कुनै सार्वजनिक कार्यक्रम र गतिविधिहरु नगरी यात्रा समेत नगर्नुहुन आव्हान गर्दछौ । फाउण्डेशनको नेपाल कार्यालयले यहि मिति चैत्र १०, २०७६ देखि अर्र्काे सूचनासम्मलाई आफना कर्मचारीहरुलाई पूर्ण रुपमा घरबाट काम गर्ने नीति लागु गरेको यहाँमा जानकारी गराउदछौं । सम्भव भएसम्म, फाउण्डेशन तपाईको संस्था र कर्मचारीहरुलाई समेत घरबाटै काम गर्न आग्रह गर्दछौ ।
नयाँ घटनाक्रमसँगै थप सूचना जारी नहुन्जेलसम्म, साझेदार निकायहरु, स्थानीय रुपमा दर्ता भएका जिम्मेवार संघसंस्थाहरुले यो सुनिश्चित गर्नुहुन ध्यानाकर्षण गराउँदछौ कि आफ्ना मातहतका संस्थाहरु तथा कर्मचारीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राख्दै नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र दातृसंस्थाहरुको नीति, कानून तथा निर्देशिकाको सम्मान तथा पालना गर्नु जरुरी छ । साथै सबै संघसंस्थाहरुलाई उल्लिखित नीति निर्देशिकाको सीमा र कार्यपद्धति बमोजिम आवश्यक स्थानीय परिवेश अनुकुलका गतिविधिको कार्यतालिका निर्धारण र कार्यहरु मात्र गर्न आग्रह गर्दछौं । साझेदारको नाताले यहाँले बदलिदो परिवेश बमोजिमको कुनै कार्यक्रम संचालन गर्नुअघि काम तथा गतिविधिको प्रकृतिको बारेमा फाउण्डेशनको सम्बन्धित अधिकारी तथा कर्मचारीहरुलाई जानकारी गराइ गर्न समेत अनुरोध गर्दछ । फाउण्डेशनले उल्लेखित नीति निर्देशिका बमोजिम हुने गरी हाम्रा गतिविधिहरु सुनिश्चित गर्नका लागि आवश्यक भएमा कार्यक्रमको तोकिएको नतिजा, कुनै यात्रा र अन्य गतिविधीहरुमा आवश्यक संशोधन गर्न, स्थगित तथा रद्द गर्ने अधिकार राखेको व्यहोरा पनि जानकारी गराइन्छ ।
साझेदार संस्थाहरु, तपाईको संस्था तथा सह साझेदार अन्य निकायसँग आवद्ध कुनै कर्मचारी वा व्यक्तिमा कोभिड १९ पुष्टी हुने कुनै लक्षण देखेमा फाउण्डेशनको सम्पर्क व्यक्तिलाई तत्काल सम्पर्क गर्नुहुन र नेपाल सरकारले तोके अनुसारको रोकथाम वा नियन्त्रणको उपयुक्त सावधानीका कदमहरु चाल्नुपर्ने विदितै छ । यसका अतिरिक्त फाउण्डेशनले तपाईको संस्थासँंग गरेको सम्झौतमा उल्लेखित सबै शर्तहरु यथावत लागू रहनेतर्फ पनि यहाँको ध्यानाकर्षण गराइन्छ । थप जानकारीका लागि कृपया यहाँको संस्थासँगको सम्झौतापत्रमा उल्लिखित विशेष शर्त तथा नियमहरु हेर्नुहोला ।
कोभिड–१९ सँग सम्बन्धित मानवीय सहायताका लागि बजेट परिमार्जनको सन्दर्भमा, यहाँहरुलाई अवगत भएकै छ कि हाम्रा सम्झौता बमोजिमका सबै कार्यक्रम तथा बजेटहरु दातृ निकाय र नेपाल सरकारबीच अगावै भएको सहमति र स्वीकृती बमोजिम मात्र हुनेछन । अगावै स्वीकृत त्यस्ता कार्यक्रमहरु मानवीय सहायतासँग प्रत्यक्ष सम्बन्धित हुन वा नहुन पनि सक्छन । तसर्थ, कार्यक्रम बमोजिमको बजेट सम्झौतामा तोकिए बमोजिमको उद्देश्य प्राप्तिको किटानी कार्यक्षेत्रमा मात्र खर्च हुने सुनिश्चित गर्नुहुन स्पष्ट गरिन्छ । यद्दपी, कोभिड–१९ को विषम परिस्थितिमा यसको रोकथाम तथा नियन्त्रणका लागि नगरी नहुने अवस्थाका पुर्वसावधानीका सरसफाई, सेवा र आपूर्तिका क्षेत्रमा कार्य गर्नुपर्ने अनिवार्यता उत्पन्न भएमा फाउण्डेसनका सम्बन्धित सम्पर्क पदाधिकारी÷कर्मचारीको पूर्व स्वीकृति लिई केही बजेट परिमार्जन गर्न सकिनेछ ।
यसका साथै, सम्भव भएमा यहाँको संस्था अन्तर्गत विभिन्न महत्वपूर्ण निर्णयहरु गर्न र सञ्चार सम्पर्क गर्नका लागि संस्थाको उच्च नेतृत्वहरु सम्मिलित आपतकालिन सहायता टोली गठन गर्न सुझाव गर्दछौं । यो समय अलमलमा रहन मिल्दैन र सम्वादबाट हुने यसखालका स्पष्टताले सुरक्षा प्रदान गर्छ भन्ने हाम्रो विश्वास छ । यस सम्बन्धमा यदि तपाईको कुनै थप प्रश्न अथवा जिज्ञाशाहरु छन भने कृपया यहासँग नियमित सम्पर्कमा रहन ुभएका फाउण्डेशनका कर्मचारीसँग सम्पर्क गर्नु होला ।
धन्यवाद !

Related Post  दि नेपाल पिस मनिटर वार्षिक समीक्षा, २०१७

Similar Posts