दि एशिया फाउण्डेसन नेपालले अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभाग (DFAT) सँगको रणनितिक सहकार्यमा ४ बर्ष समयावधिको स्थानीय सरकार सबलीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम फेब्रुअरी २०१७ देखि शुरु भई फेब्रुअरी २०२१ सम्म सञ्चालनमा रहनेछ ।

यस कार्यक्रमको उद्देश्य नेपालमा बलीयो, प्रभावकारी र समावेशी स्थानीय सरकारको विकासका लागि सहज वातावरण बनाउन सहयोग गर्नु रहेको छ । कार्यक्रमले महिला तथा पिछडिएका समूह लगायत सबै वर्ग र समुदाय लाभान्वित हुने लक्ष्य लिइएको छ ।

उल्लिखित लक्ष्य हासिल गर्न यस कार्यक्रमले देहायका तीन वटा प्रतिफलका क्षेत्रमा काम गरिरहेको छः

प्रतिफल १ : सरोकारवालाको सुझबुझपूर्ण संलग्नता र प्रमाणमा आधारित भई तहगत सरकारको भूमिका र कार्यजिम्मेवारीहरु प्रष्ट गर्ने,

प्रतिफल २ : कुनै सवाल वा विवादको समाधान गर्नका लागि र सम्बन्ध सुधार गर्न अनौपचारिक संयन्त्रहरु सुदृढ गर्ने तथा विवाद समाधानका औपचारिक प्रक्रियाका लागि आवश्यक नीति तथा कार्यविधिहरुमा सहयोग गर्ने,

प्रतिफल : प्रभावकारी सेवा प्रवाह तथा आर्थिक शासनका प्रक्रियाहरुलाई सुदृढ तुल्याउन सहयोग गर्ने,

उल्लिखित प्रतिफल हासिल गर्न यस कार्यक्रमले संघीय, प्रादेशिक तथा स्थानीय सरकारका साथै नागरिक समाज समुह, बौद्धिक निकाय तथा निजी क्षेत्रसँग सहकार्य गरी काम गर्दछ ।

Related Post  नेपाली जनताको सर्वेक्षण, २०१७

Similar Posts