सामाजिक विकासका लागि दलित महिला प्रतिनिधिहरुले उठाए आवाज

Published on October 22, 2021

पूर्वाधार विकासमा भएको परिवर्तन देख्न सकिने हुनाले विकास योजनाको प्राथमिकतामा मुख्यरुपमा पूर्वाधार विकासको विषयलाई  जोड दिइएको छ । यसै कारण सामाजिक विकासलाई प्रायजसो धेरै प्राथमिकता दिइँदैन ।

तर एसएनजिपी साझेदार नगरपालिकाकाहरुको नगरसभामा यो वर्ष केही कुराहरु फरक थिए । केही दलित महिला प्रतिनिधिहरुले आपूm बस्ने वडाको आवश्यकतामा आधारित विकास योजनाहरु प्रस्ताव गर्न विभिन्न पहल कदम लिएका थिए । त्यस्तै, उनीहरुले दलित तथा अन्य सीमान्तकृत समूहहरुका हकमा विद्यमान सामाजिक विभेदहरुलाई सम्बोधन गर्ने संयन्त्रहरु पनि प्रस्ताव गरेका थिए । ती महिलाहरु द एसिया फाउण्डेसनको दलित महिलाका लागि परामर्शदातृ पहल कार्यक्रमको साझेदार नगरपालिकाहरुका हिस्सा हुन् ।

भीमेश्वर नगरपालिकाकी तारा नेपाली, वालिङ नगरपालिकाकी सीता विक तथा टीकापुर नगरपालिकाकी सरिता भुलले सीमान्तकृत समुदायको विकासका लागि यो वर्ष प्रस्तावित क्रियाकलापहरु कार्यान्वयन गर्न पर्याप्त बजेट विनियाजन हुने कुरा सुनिश्चितता गर्न भूमिका खेलेका थिए । नगरपालिकाका दलित महिलाको पहलका कारण यो आर्थिक वर्षमा वालिङ नगरपालिकाले २५ लाख रुपैयाँ बजेट छुट्याएको कुरा सीताले उल्लेख गरिन् । गत वर्ष यो रकम पाँच लाख मात्र थियो

ती प्रतिनिधिहरु यो आर्थिक वर्षका लागि आपूmले प्रस्ताव गरेका अन्य विभिन्न योजनाहरुलाई स्वीकृत गराउन पनि सफल भएका थिए । तानसेन नगरपालिकाकी विमला बौडेलले आप्mनो क्षेत्रमा सार्वजनिक शौचालयहरु निर्माण गर्ने अवधारणापत्र पेश गरेकी थिइन् । यो विषय कार्यान्वयनका लागि स्वीकृत भइसकेको छ । त्यस्तै, वीरेन्द्रनगरकी यमुना नेपालीले शिक्षा क्षेत्रमा बन्दाबन्दीले पारेको गम्भीर असरहरुलाई सम्बोधन गर्नका लागि बजेटमा बढोत्तरी गर्ने विषय निश्चित गर्न कार्य गरेकी थिइन् । वीरेन्द्रनगरले यस प्रयोजनका लागि सुरुमा १.५ करोड रुपैयाँ छुट्याएको थियो  तर यमुना सहित नगरसभाका अन्य सदस्यहरुले नगरसभामा शिक्षा क्षेत्रको संवेदनशील अवस्था सम्बन्धी मुद्दा उठाएपछि बजेटलाई संशोधन गरेर ३ करोड रुपैयाँ पु¥याइएको छ ।

Related Post  लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशिकरण संवेदनशील स्थानीय सरकार योजना/ बजेट सम्बन्धी अन्तक्र्रिया

यसैगरी, सरिताले दलित समुदायमाथि जातमा आधारित हुने विभेदलाई सामाजिक भेदभावका रुपमा समावेश नगरिएको र सो विरुद्ध लड्नका लागि नगरपालिकाको योजनामा बजेट नछुट्याइएको विषयलाई नगरसभाको बैठकमा उठाएकी थिइन् । छुवाछुतको विषयलाई यसमा समावेश गरिएको थिएन । सरिताको प्रयासले उक्त विषय अब सामाजिक भेदभावको विषयका रुपमा समावेश भएको छ ।

ती महिला प्रतिनिधिहरुले बन्दाबन्दीको समयमा समेत नगरपालिकाको योजना तथा अन्य क्रियाकलापहरुमा आफ्नोतर्पmबाट योगदान जारी राखेका थिए । केही प्रतिनिधिहरुले आफ्नो ठाउँमा फोनको माध्यमबाट आवश्यकता मूल्यांकन गरेका थिए भने अन्य प्रतिनिधिहरु विभिन्न भर्चुअल मञ्चहरुमार्पmत योजना निर्माण गर्ने बैठकहरुमा संलग्न भएका थिए । यमुनाले फोन तथा भर्चुअल बैठकहरुका माध्यमबाट विकास योजना सम्बन्धी प्रस्तावहरु संकलन गरिएको कुरा बताइन् । उनले भनिन् “मैले परामर्शदातृ कार्यक्रममा जानेका सिकाइहरुको प्रयोग गरेर सञ्चार गर्न, छलफलहरुमा संलग्न हुन तथा समुदायको विकासमा केन्द्रित हुन सकेकी हुँ ।”

आफ्नो समुदायका अन्य महिला प्रतिनिधिहरुसँगको समन्वय तथा सहकार्य एवम् आपूmले सिकेका सिकाईहरु उनीहरुसँग साटासाट गर्ने अभ्यास उनीहरुको आत्मविश्वास अभिवृद्धि गर्ने औजार बनेको थियो । सरिताले नगरसभामा विभिन्न कार्यक्रमहरु प्रस्ताव र समावेश गर्न टीकापुरको सबै वडाहरुका दलित महिला प्रतिनिधिहरुसँग गरिएको छलफल तथा परामर्शहरु सहयोगी भएको कुरा बताइन् ।

उनीहरुको कडा मेहनतले दुईतर्फी विकासतर्पm डोहो¥याएको छ – दलित महिला प्रतिनिधिहरुले उनीहरुको एउटा निकाय निर्माण गर्दैछन् भने विकासका लागि आप्mनो समुदायको प्रतिनिधित्व गर्दैछन् । यसका साथै, यसले उनीहरुलाई आगामी निर्वाचनका लागि तयार हुन पनि सहयोग गरेको छ । किनकी ती महिलाहरु शासन व्यवस्था तथा राजनीतिमा आफ्नो भविष्य अगाडि बढाउन प्रतिबद्ध छन् ।

Related Post  नगरपालिकाहरूबीच साझा सम्वादको संक्षेपः विद्यमान नगर शासनका मुद्दाहरूको पहिचान

देशले अपनाएको आरक्षण प्रणाली अनुसार २०७४ मा भएको स्थानीय निर्वाचनमा हरेक वडामा दुई जना दलित महिला सदस्यहरु निर्वाचित भएका छन् । सोही प्रावधान अन्तर्गत नै केही दलित महिलाहरु नगरपालिकाको कार्यकारीको रुपमा समेत निर्वाचित भएका छन् । सबैभन्दा बढी सीमान्तकृत भएका समुदाय मध्ये एक दलित समुदायले वर्षौंदेखि प्रभुत्वता, विभेद तथा बहिष्करणको सामना गर्नुपरेको छ । तसर्थ, यस समुदाय तथा विशेषगरी महिलाहरुका लागि केही हिस्सा आरक्षित गरिनु उपरोक्त विभेदहरुलाई सुधार गर्न र विद्यमान सामाजिक विभेदलाई सम्बोधन गर्ने दिशातर्फको सकारात्मक पाइला हो । दलित महिला प्रतिनिधिहरुको उपस्थितिका कारण समाजमा सामाजिक समावेशिकरण र सबैभन्दा बढी सीमान्तकृत तथा विभेदमा परेको समुदायको विकास हुने सम्भावना बढेको छ ।

यस फाउण्डेसनले जनप्रतिनिधिहरुसँगको संलग्नतालाई निरन्तर जारी राख्नेछ । यसका साथै परामर्शदातृ कार्यक्रमलाई अझै अघि बढाउने छ ।