यस पुस्तिकाले चार वर्ष अघि जारी गरिएको नेपालको संविधान २०७२ को कार्यान्वयनका क्रममा देखिएका मूख्य चुनौतीहरूको पहिचान र छलफल गर्ने प्रयास गर्दछ । यसभित्र चार जना संविधान सभाका सदस्यहरू र एकजना पूर्व प्रशासकले संविधान निर्माण र कार्यान्वयनका क्रममा गरेका अनुभव र आगामी दिनका लागि देखेका चुनौतीहरूको वारेमा छलफल गरेका छन् ।

पुस्तिकाको पहिलो लेखमा संविधानसभाको अध्यक्षता गरेका मा। सुभाषचन्द्र नेम्वाङले नेपालमा संविधान लेखनको इतिहासलाई पृष्ठभूमि प्रदान गर्दै किन यो संविधान पहिलेको भन्दा फरक छ भन्ने कुरामा जोड दिनुभएको छ । दास्रो लेखमा हाल राष्ट्रिय सभामा मूख्य विपक्षी दलका नेता मा। राधेश्याम अधिकारीले संविधानको कार्यान्वयनको अवस्था र चुनौति र सम्भावित समाधानका उपायहरूवारे अवलोकन गर्नुभएको छ । त्यसैगरी वरिष्ठ वकिल र राष्ट्रिय जनता पार्टी नेपालका नेता मा। लक्ष्मणलाल कर्णले तेस्रो लेखमा संविधानको गुण—अवगुणहरू कहाँ छन् र यसको उपलब्धिको रक्षाका लागि संविधान बन्ने क्रममा भएका कमजोरी पुनरावलोकनको आवश्यकता रहेको सन्दर्भ राख्नुभएको छ । चौथो लेखमा लोकतन्त्र र महिला अधिकारको संघर्षमा लामो इतिहास भएकी महालक्ष्मी अपध्याय डिनाले संविधानका सम्बन्धमा महिलाको अधिकार कहाँ उभिन्छन् र यसको कार्यान्वयन कसरी महिला मैत्री बनाउन सकिन्छ भन्ने वारेमा लेख्नुभएको छ । अन्तमा, नेपाल सरकारका पूर्व मूख्य सचिव डा। सोमलाल सुवेदीले कसरी राज्य पुनर्संरचना अधिक कुशल बनाउन सकिन्छ भन्ने वारे प्रशासकको दृष्टिकोण प्रस्तुत गर्नुभएको छ ।

Related Post  निर्वाचन अभियान व्यय अध्ययन: नेपालमा स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन, २०१७

Similar Posts