नेपालमा सङ्घीयतातर्फको परिवर्तनलाई धेरै आशाका साथसाथै बढ्दो अन्यौलको दृष्टिले हेरिँदै छ । विभिन्न तहका सरकारबीचको सम्बन्धबा रे स्पष्टतामा कमि, बारम्बारको शक्ति संघर्ष तथा ठूलो अपेक्षाको वातावरणमाझ देशमा सरकारका सबै ७६१ इकाई संविधानले तोकेका आफ्ना कर्तव्य र कायर्क्रम सम्पादन गर्न लागिपरेका छन् । सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा यस्तो अन्यौलको वतावरण देखिनु स्वाभाविक नै भए पनि अहिले भएभन्दा सुधारिएको सहकार्य र समन्वय पनि अत्यावश्यक हुन्छ । यस पृष्ठभूमिमा रहेर एशिया फाउण्डेशनले आफ्नो प्रथम राष्ट्रव्यापी सार्वजनिक अभिमत संकलन ‘सन् २०१७ मा नेपाली जनताको सर्वेक्षण’ सम्पन्न गर्न सहयोग गरेको थियो । सर्वेक्षणको प्रतिवेदन प्रकाशित भएपछि सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको अझै गम्भीर विश्लेषण तथा अन्य परिवेश र तथ्याङ्कका स्रोतको दाँजोमा विशेष सामाजिक, राजनीतिक र आर्थिक विषयबा रे विश्लेषण प्रकाशन गर्न आग्रह प्राप्त भएका थिए । यस पूरक पुस्तिकाले सर्वेक्षणका निष्कर्षहरू तथा अन्य तथ्याङ्कका स्रोत मार्फत् नयाँ संरचनातर्फ अग्रसर देशको प्रगतिलाई नियाल्दै उपराष्ट्रिय तहमा राजनीति, सुशासन, लिङ्ग, आर्थिक परिवर्तन, समावेशिता तथा सीमाञ्चलमा सक्रिय शक्तिसम्बन्धका महत्वपूर्ण मुद्दामाथि मनन गरेकोछ ।
Similar Posts
नेपालका २२ नगरपालिकाको आधारभूत विवरण सहित पार्श्वचित्र तयारी
साझेदारी अन्तर्गत २२ नगरपालिकाका आधारभूत विवरण सहितको पार्श्वचित्र निर्माण गरेको छ । यी आधारभूत विवरणहरू नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागद्वारा संचालित सन् २०११ को जनगणनाबाट आएको विद्यमान सरकारी तथ्याङ्कका साथै २२ नगरपालिकाका स्थानीय सरकारहरूबाट संकलित तथ्याङ्क समेतलाई आाधार मान्दै निर्माण गरिएको छ । नगरपालिकासँगको साझेदारी र परामर्शमा यी आधारभूत विवरणहरू कार्यसम्पादनको स्वरूपलाई स्पष्ट पार्न प्रमाणमा आधारित तथ्याङ्कको विश्लेषण…
सार्वजनिक नीति सम्वाद शृंखला (नेपालमा उपराष्ट्रिय शासन)
सङ्घीय शासनतर्फ रुपान्तरण प्रक्रियामा प्रकट हुने अवसर, चुनौती तथा अवरोधबा रे छलफल गर्न सरकार, विकास साझेदार तथा नागरिक समाजका प्रतिनिधीहरू सहभागी हुने सार्वजनिक नीति सम्वाद शृंखला एक अनौपचारिक सम्वाद थलो हो । यस सम्वादले संघीयता कार्यान्वयन प्रक्रियामा तथा कार्य सम्पादन प्रक्रियामा बाधा अड्चन गर्ने मुख्य मुद्दाबा रे सरोकारवालाहरूबीच परिस्कृत बुझाई तथा साझा धारणा निर्माण गर्न सहयोग गर्दै आएको…
कार्यक्रमको अद्यावधिक प्रतिवेदन तथा साझेदारीको संक्षेप
कार्यक्रम अन्तर्गत नोभेम्बर ६, सन् २०१७ मा अस्ट्रेलिया सरकार र दि एशिया फाउन्डेशनबीचको नेपालमा साझेदारीअन्तर्गत मार्च सन् २०१७ देखि सहयोग गरिएका गतिविधि र कार्यक्रम संक्षेप तयार पारिएको छ । यो सारांश विस्तृत छैन । हाल योजनाको चरणमा रहेका कार्यक्रम सम्मिलित छैनन् । Related Post Multi-Media resources for the use of local governments to promote good governance
नगरपालिकाहरूबीच साझा सम्वादको संक्षेपः विद्यमान नगर शासनका मुद्दाहरूको पहिचान
साझेदारी अन्तर्गत विद्यमान नगर शासन मुद्दाहरूको पहिचान गर्ने एजेण्डासहित कार्यान्वयन साझेदार संस्था कमिटेडले १८ र १९ डिसेम्बर, सन् २०१७ मा मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृत सम्मिलित ११ साझेदार नगरपालिकाहरूबीच दुई दिने साझा सम्वादको आयोजना गर्यो । उक्त साझा सम्वादमा अन्य वरिष्ठ नगरपालिका अधिकारीहरू, शासन सल्लाहकार तथा सम्बन्धित सरोकारवालाहरू पनि सहभागी थिए । नेपाल सङ्घीयतातर्फ लाग्दै गर्दाका प्रारम्भिक…
नेपालमा न्यायिक समिति: नजिकबाट नियाल्दा – तिलप्रसाद श्रेष्ठ र नमित वाग्ले
प्रस्तुत अध्ययनको उद्देश्य न्यायिक समितिका बढ्दो आवश्यकतालाई नजिकबाट नियाल्नु रहेको छ । यस अध्ययनले न्यायिक समितिले बेहोर्नु परेका चुनौती उजागर गर्नुका साथै सुधारका सम्भावित अवसरहरू प्रदान गरेको छ । यसले न्यायिक समितिलाई उनीहरूको संविधानप्रदत्त कार्य पूरा गर्न सघाउने छ । राम्ररी सञ्चालित न्यायिक प्रणालीको जनताको बढ्दो अपेक्षालाई परिपूर्ति गर्नेछ । Related Post Multi-Media resources for the use of…
नेपाली जनताको सर्वेक्षण, २०१७
सन २०१७ मा नेपालले स्थानीय, प्रदेशि र सङ्घीय सरकारको सफलतापूर्वक निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनतर्फ ऐतिहासिक कदम उठाएको छ । देश संघीय संरचनातर्फ रूपान्तरित हुने क्रममा दि एशिया फाउन्डेशनले देशव्यापी प्रतिनिधित्व हुने गरी नेपाली जनतासँग जनमत संकलन गरेको छ । यस सर्वेक्षणले राजनीतिक, सुशासन, विकास र अन्य समसामयिक विषयहरूमा नेपाली जनताको विचार वटुलेको छ । नेपाली जनताको सर्वेक्षण,…
