कलेक्टिभ क्याम्पेन फर पिसद्वारा तयार पारिएको प्रतिवेदन दि नेपाल पिस मनिटर, वार्षिक समिक्षा २०१७ ले नेपाल शान्ति अनुगमन परियोजना (The Nepal Peace Monitoring Project) ले सङ्कलन गरेका सूचना तथा तथ्याङ्कहरू प्रस्तुत गरेको छ । यो एउटा विवाद र घटनाहरूको प्रकृति अवलोकन गरी नेपालमा मानव अधिकार र शान्तिको लागि योगदान दिने प्रयत्न थियो । यसले नेपालमा सन् २०१७ मा संकलित घटनाहरूको विस्तृत सिंहावलोकन गर्नुका साथै नेपालमा हिंसा र विवादको हाम्रो बुझाइ र प्रतिक्रिया सुधार्ने मुख्य प्रवृत्तिहरूको मूल्याङ्कन गर्दछ । यस प्रतिवेदनमा निर्वाचन प्रक्रिया सम्वन्धी घटनाहरू तथा राजनीतिक विवाद, नेपालमा शासन प्रणालीका चुनौती, नेपालमा संक्रमणकालीन न्यायको स्थिति र लैङ्गिक समानताका मुद्दा तथा महिला हिंसा सम्वन्धी घटना लगायतका विषयहरू समाहित छन् । यो प्रतिवेदन सन् २०१८ जुन २७ मा सार्वजनिक गरिएको थियो र तत्पश्चात नेपाली र अंग्रेजी भाषामा प्रकाशन गरिएको छ । यस प्रतिवेदनले सन् २०१७ मा नेपालका सातै प्रदेशहरूको सामाजिक तथा जनसंख्याबा रेका तथ्याङ्कको सिंहावलोकनका साथै माथि उल्लिखित घटनाक्रमको प्रवृत्तिको दृष्टान्त पनि उपलब्ध गराउँछ ।
Similar Posts
नेपालको संविधान र संघीयता
यस पुस्तिकाले चार वर्ष अघि जारी गरिएको नेपालको संविधान २०७२ को कार्यान्वयनका क्रममा देखिएका मूख्य चुनौतीहरूको पहिचान र छलफल गर्ने प्रयास गर्दछ । यसभित्र चार जना संविधान सभाका सदस्यहरू र एकजना पूर्व प्रशासकले संविधान निर्माण र कार्यान्वयनका क्रममा गरेका अनुभव र आगामी दिनका लागि देखेका चुनौतीहरूको वारेमा छलफल गरेका छन् । पुस्तिकाको पहिलो लेखमा संविधानसभाको अध्यक्षता गरेका मा।…
निर्वाचन अभियान व्यय अध्ययन: नेपालमा स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन, २०१७
यस प्रतिवेदनको मुख्य उद्देश्य नेपालमा स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सहभागी नेपालका राजनीतिक पार्टीहरूको वित्तीय जवाफदेहिताको सीमा र परिमाण मापन गर्नु हो । यो शोध अध्ययन निर्वाचन पर्यवेक्षण समिति नेपालद्वारा संचालन गरिएको थियो । प्रतिवेदनमा व्यक्त निष्कर्ष र कुनै पनि विचारले अस्ट्रेलिया सरकार वा दि एशिया फाउन्डेशनको विचारको प्रतिनिधित्व गर्दैन । Related Post परिवर्तनको राजनीति – सन् २०१७…
सन् २०१८ मा नेपाली जनताको सर्वेक्षण
सन् १९९० मा पहिलो वृहत् राजनीतिक आन्दोलनले बहुदलीय प्रजातान्त्रिक प्रणाली पुनर्स्थापना गरेदेखि सन् २०१७ मा सङ्घीय संरचनामा प्रवेश गरेको नयाँ गणतन्त्रका तीनै तहकालागि निर्वाचन सम्पन्न हुँदासम्ममा नेपालले अभूतपूर्व सामाजिक तथा राजनीतिक परिवर्तन अनुभव गरेकोछ । यति छोटो समयमै र यस्तो द्रुत गतिमा यति धेरै पथपरिवर्तक तथा ऐतिहासिक घटना हुँदा यसले एकातिर जनताका अपेक्षालाई बढाउनु र अर्कातिर परिवर्तित र…
संघीय नेपालमा स्थानीय शासन सम्वन्धी अन्वेषणात्मक अध्ययन, २०१७
कार्यक्रम अन्तर्गत नेपाल सेन्टर फर कन्टेम्पोरेरी स्टडिज् (एनसीसीएस) ले सातवटै प्रदेशभित्रका स्थानीय सरकारहरूसँग परामर्श तथा छलफल समेत गरी संघीय नेपालमा स्थानीय शासन सम्वन्धी अन्वेषणात्मक अध्ययन गरेको छ । यस अध्ययनले नवगठित स्थानीय सरकारको संस्थागत विकास, कानुनी तथा नीतिगत अवस्था, राजनीति तथा वित्तीय अवस्था, स्थानीय शासनमा संघीयकरणका प्रभाव तथा स्थानीय तहले भोगेका चुनौतीहरूको सुक्ष्म विश्लेषण गरेको छ । साथै…
Nepali Posts | प्रकाशन | विशेषविश्व स्वास्थ्य संगठनः होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने सावधानी
विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार कोरोना संक्रमण पुष्टि भएका वा संक्रमणको शंकालागि सामान्य लक्षण देखिएका व्यक्तिले आफूलाई घरमै आइसोलेसनमा राख्न सक्दछन्। यस भिडियोमा विश्व स्वास्थ्य संगठनका अनुसार स्व- आइसोलेसनमा बस्नुपर्दा अपनाउनु पर्ने सावधानी तथा विधिका बारेमा प्रस्तुत गरिएको छ। Related Post सार्वजनिक नीति सम्वाद शृंखला (नेपालमा उपराष्ट्रिय शासन)
